रोल्पाका दुई प्रहरीलाई विभागीय कारबाही
लिवाङ । रोल्पामा निर्वाचन प्रहरी कुट्ने दुई प्रहरी प्रशिक्षकमाथि विभागीय कारबाही भएको छ ।
तालिमका क्रममा निर्वाचन प्रहरीमाथि तालिमका दुई जना प्रशिक्षकले दुई समूहमा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि अचानक कुटपिट गरेका थिए ।
घटनामा संलग्न दुई जना प्रहरी प्रशिक्षक प्रहरी जवान आरके खड्का र तिलक घर्ती मगरमाथि विभागीय कारबाही गरिएको जिल्ला प्रहरीले जनाएको छ । उनीहरूले पाउने ग्रेड रोक्का गर्ने प्रहरीले जनाएको छ । सोमबार बेलुकी निर्वाचन प्रहरी कुटिएका थिए ।
खाना खुवाएर बास बस्ने स्थानमा जाने क्रममा बाटैबाट फिर्ता गरेर निर्वाचन प्रहरीमाथि जथाभावी कुटपिट गरिएको थियो ।
कुटाइबाट घाइतेमध्ये १६ जनालाई रोल्पा अस्पतालमा उपचारका लागि पु¥याइएको थियो । सुरुमा घटना गोप्य राखिए पनि नागरिक समाजको दबाबका कारण ४ दिनपछि कुटपिटमा संलग्न प्रहरी प्रशिक्षकमाथि कारबाही भएको छ ।
जथाभावी कुटपिट गरेका कारण धेरैजसो निर्वाचन प्रहरीको ढाड, खुट्टा र हातमा चोट लागेको रोल्पा अस्पतालले जनाएको छ ।
घटनाबारेमा अनुसन्धान गरिएको र संलग्न भएकामाथि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताए ।
प्रहरी अनुसन्धानका क्रममा तालिमका प्रशिक्षकले बाइक चलाइरहेका बेला निर्वाचन प्रहरी हाँसेका कारण प्रशिक्षकद्वयले रिसाएर कुटपिट गरेको पत्ता लागेको छ ।
निर्वाचन सुरक्षाको लागि रोल्पामा करिब १ हजार निर्वाचन प्रहरी भर्ना गरिएको थियो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया