आईजीपी कार्कीद्वारा रामशाहपथमा ट्राफिकको प्रस्तावित नयाँ भवन निर्माणस्थलको निरीक्षण
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रस्तावित नयाँ भवन निर्माणस्थलको निरीक्षण अवलोकन गरेका छन् ।
बुधबार उच्च प्रहरी अधिकृतहरूसहित ट्राफिक कार्यालय परिसर, रामशाहपथ पुगेका आईजीपी कार्कीले भवन निर्माणस्थलको बारेमा जानकारी लिएका छन् । उनले नयाँ भवन बनाउने क्रममा छिटोछरितो र मितव्ययी रुपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा उत्तेजक समूहले ट्राफिक कार्यालयको भवनामा आगजनी गरेर पूर्णरुपमा क्षति गरेको थियो । भवन र कार्यालयमा क्षति भएपछि ट्राफिक प्रहरीले निकै कठिन अवस्थामा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।
Published : Wednesday, 2026 January 28, 6:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया