कांग्रेस संस्थापनसँग ‘रुख’ नभएपछि १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउने
काठमाडौं । नेपाली कांग्रेसको चुनाव चिन्ह र चार तारे झण्डा खोसेर निर्वाचन आयोगले बहुमतको निर्णयबाट अर्को समूहलाई दिएपछि चनाव चिन्ह बिहीन बनेको संस्थापन पक्षले १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागेको छ ।
उच्च स्रोतका अनुसार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकपछि देशभरि स्वतन्त्र उम्मेदवारी दिएर नेपाली कांग्रेसलाई बचाउन प्रयास गर्न लागिएको छ । निर्वाचन आयोगले कांग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डालाई खोसेर पूर्वमहामन्त्री गगनकुमार थापालाई दिएको छ । कांग्रेसले स्वतन्त्र उम्मेदवारहरू उठाउन टिकट दिएर नेताहरूलाई जिल्ला जिल्लामा पठाउन शुरु गरिसकेको छ ।
नेपाली कांग्रेसको संस्थापन पक्षसँग चुनाव चिन्ह रुख नभएपछि स्वतन्त्र उम्मेदवारी दिएर भए पनि कांग्रेसका मतदाताहरूलाई एकठाउँमा राख्ने प्रयास स्वरुप १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागिएको छ ।
१०५१ सालको मध्यावधि निर्वाचनमा नेता महेन्द्रनारायण निधिले देशभरि सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरू उठाएका थिए । त्यसपछि मध्यावधि निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारहरूको पराजय भएर एमाले पहिलो दल बनेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया