गगनको पकड मानिने गोरखाले पनि विशेष महाधिवेशनलाई साथ दिएन, २१ जनाद्वारा अस्वीकार
गोरखा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक कार्यबाट आह्वान गरेको विशेष महाधिवेशनको नामको भेलामा गोरखाबाट निर्वाचित २१ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छैनन् ।
गोरखाका केही प्रतिनिधिहरू महाधिवेशन स्थलमा देखिए पनि धेरैले हस्ताक्षर गरेका छैनन् । महामन्त्री गगन थापाको बलियो पकड मानिने गोरखा जिल्लाबाट समेत महाधिवेशन प्रतिनिधि सहभागी भएका छैनन् । उनीहरू कांग्रेस विभाजनको विवपक्षमा छन् । गगन थापा निकट हुँदाहुँदै पनि कांग्रेस फुटाउने गतिविधिमा उनीहरूले साथ दिएका छैनन् ।
विशेष महाधिवेशनमा गोरखाबाट सहभागी नभएका महाधिवेशन प्रतिनिधिहरूमा किरणबाबु श्रेष्ठ, राजेन्द्र बजगाईं, जगतबहादुर बराम, चेतबहादुर अधिकारी, रेशम गुरुङ, धनबहादुर गुरुङ, महोन पोखरेल, बेदप्रसाद काप्री, चेतमान श्रेष्ठ, ओमबहादुर गुरुङ, हरि घले, तिलु घले, सलाउदिन मिया, पिताबर बडु, सुरेन्द्र भण्डारी, ईन्द्र गुरुङ, नवीन श्रेष्ठ, फडिन्द्र भट्ट, फडिन्द्र धिताल र अशोककुमार गुरुङ रहेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया