काठमाडौंमा दीवाकरको घरमा प्रहरी छापा, १६ लाखसहित २२ जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवा खेलिरहेको अवस्थामा २२ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–८ मातातीर्थ, लंकोट बस्ने ४० वर्षीय दीवाकर महर्जनको घरमा प्रहरीले छापामारेर २२ जनालाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जुवा (कौडा) खेलिरहेको अवस्थामा दीवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ जनाएको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रूपियाँ र १६ थान कौडा बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।
Published : Tuesday, 2025 November 11, 12:15 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया