आन्तरिक राजस्वका हाकिमसहित निर्माण कम्पनीलाई पनि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजना र निर्माण सेवा प्रा.लि.विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको अभियोग पत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूले १ करोड २३ लाख ६९ हजार ६४९ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्ति/संस्थामा स्वामीनारायण निर्माण सेवा प्रा.लि., धरान र त्यसका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलाको बालुवा तथा गिट्टी उत्खनन् कार्यमा मूल्य अभिवृद्धि कर कट्टी नगरी अनियमितता गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
उनीहरूले गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्दा १ करोड २३ लाख ६९ हजार ६४९ रुपियाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग १ करोड २३ लाख ६९ हजार ६४९ रुपियाँ बिगो मागदाबी गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया