सांसदका स्वकीय र पदाधिकारीको सचिवालयमा कर्मचारीको संख्या घटाउने सरकारको निर्णयको प्रधानमन्त्रीसँग विरोध
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री कार्कीसँग विघटित प्रतिनिधिसभाका सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाल लगायतबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूका बीच समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री कार्कीसँगको भेटका लागि विघटित प्रतिनिधिसभाका सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहालका साथै उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि गएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँग सांसदका स्वकीय र कतिपय पदाधिकारीको सचिवालयमा कर्मचारीको संख्या घटाउने सरकारको निर्णयप्रति सभामुख, अध्यक्षसहित संघीय संसदका पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।
उनीहरूले राज्य सञ्चालनका तीन वटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच चेक एन्ड ब्यालेन्स, समन्वय र परामर्श समेत हुने र हुनुपर्ने भन्दै प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया