तेईस लाखसहित दुईजना पक्राउ
राजविराज । जिल्ला प्रहरी कार्यालय, सप्तरीले स्रोत नखुलेको नगद २३ लाख रूपियाँसहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।
आइतबार राति प्रहरीले सुरूङगा नगरपालिका–२ स्थित सडकबाट दुई जनालाई २३ लाखसहित पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् ।
इलाका प्रहरी कार्यालय, भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक किरण र गाडीमा सवार धिरजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Published : Monday, 2025 November 3, 9:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया