बझाङ कांग्रेसका नेता बोहराको निधन, सानेपाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले बझाङका पूर्वकोषाध्यक्ष बीरबहादुर बोहराको ६५ वर्षको उमेरमा निधन भएको भन्दै गहिरो दुःख व्यक्त गरेको छ ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाले शोक वक्तव्य जारी गरेर नेपाली कांग्रेस, बझाङका पूर्वकोषाध्यक्ष एवम् पूर्वमहाधिवेशन प्रतिनिधि बोहराको कार्तिक १३ गते निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको जनाएको छ ।
नेता बोहरा बझाङको सुर्मा गाउँपालिका वडा नं. १ निवासी हुन् । उनको उपचारको क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।
बोहराले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले स्मरण गरेको छ ।
‘नेपाली कांग्रेस उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ शोक वक्तव्यमा भनिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया