प्रहरीले उच्च मनोवलका साथ काम गर्नुस्, म तपाईहरूको साथमा छु : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
बिहीबार नेपाल प्रहरीको हेडक्वाटर, नक्सालमा गृहमन्त्री अर्यालले प्रहरीले उच्च मनोबलका साथ काम गर्नुपर्ने र गृह मन्त्रालयको साथ, सहयोग सधै रहने बताए । उनले प्रहरीलाई नयाँ परिवर्तनलाई आत्मसात् गर्न पनि आग्रह गरेका छन् ।
गृहमन्त्री अर्यालले कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्ने आफूले विश्वास लिएको बताएका छन् ।
गृहमन्त्री अर्यालले आफू मानवअधिकारवादी भएको भन्दै अहिंसावादी रहेको बताएका छन् । उनले आफू शाकाहारी भएको पनि बताएका छन् । ‘म मानवअधिकारवादी पनि हुँ । अहिंसावादी पनि हुँ । प्रहरीलाई पनि अहिंसावादी र मावनअधिकारको पक्षमा कार्य सम्पादन गर्न आग्रह गर्दछु,’ उनले भने ।
गृहमन्त्री अर्यालको निर्देशका क्रममा देशभरिका जिल्ला, इलाका र मातहतलाई भर्चुअल माध्यमबाट जोडिएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया