आदिवासी जनजातीको अधिकार सुरक्षित गर्न कांग्रेसको विशेष भूमिका छ : सिंह
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातीलाई अधिकार सुरक्षित गर्न नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले कांग्रेसले नीतिगत तहमा प्रतिनिधित्व सुरक्षित गर्न खेलेको बताए ।
सिंहले भने, ‘शेरबहादुर देउवाले नै पार्टीको मेनिफेस्टोमा लेखेको कदमजम (कर्णाली, दलित, मधेसी, जनजाती, महिला)लाई सरकार हुँदा अगाडि बढानुभएको हो । त्यसैले पनि आज उहाँको उपस्थिति अर्थपूर्ण छ ।’
सिंहले भने, ‘नीति निर्माणको थलो (संघ, प्रदेश र स्थानीय तह)मा आदिवासी जनजातीको उल्लेखनीय प्रतिनिधित्व भएको छ । यसलाई अझै वृद्धि गर्दै लैजानुपर्छ ।’
उनले प्राप्त उपलब्धिको संरक्षण गर्दै थप अधिकारहरूका लागि अघि बढ्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया