मकवानपुरका दाहाललाई कलंकीबाट पक्राउ, ७८ लाखको कारोबार
काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका दाहाललाई शनिबार साँझ पक्राउ गरेको प्रहरीको बुलेटिनमा उल्लेख छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
दाहालले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपियाँभन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
दाहाल उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया