काभ्रे तरुण दलद्वारा पूर्णकालीन सदस्यताको फारम वितरण
बनेपा । नेपाल तरुण दल, काभ्रेले पूर्णकालीन सदस्यताको फाराम वितरण सुरु गरेको छ ।
शनिबार बनेपामा बसेको तरुण दल काभ्रेको बैठकले पूर्णकालीन सदस्यताको फारमहरू वितरण गर्ने निर्णय गरेको छ । तरुण अध्यक्ष सुजन लामाले पूर्णकालीन सदस्यता वितरणको काम अगाडि बढेको बताए ।
नेपाली कांग्रेस, काभ्रेका सभापति तीर्थ लामाको प्रमुख आतिथ्यतामा जिल्लाको १३ वटै पालिकाका अध्यक्षहरूलाई पूर्णकालीन सदस्यताको फाराम बितरण गरिएको अध्यक्ष सुजन लामाले बताएका छन् ।

काभ्रे कांग्रेसका सभापति तीर्थ लामाले तरुण दल कांग्रेसको मेरुदण्ड भएको बताए । उनले तरुण दल बलियो भएको खण्डमा मात्र पार्टी बलियो हुने बताए ।
सभापति लामाले काभ्रेका सबै तरुण, युवाहरूलाई समेटेर लैजान निर्देशन दिएका छन् । लामाले तरुण दलको ५औं महाधिवेशनलाई भब्य र सभ्य बनाउनको लागि शुभकामना समेत दिएका छन् ।
तरुण दल काभ्रेका जिल्ला अध्यक्ष सुजन लामाले संगठनलाई थप मजबुत बनाउँछु भनेर आउन चाहने युवाहरूलाई नछुटाइ पूर्णकालीन सदस्यता बितरण गर्न निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया