कांग्रेस उपसभापति गुरुङद्वारा देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त, परिवारजनप्रति समवेदना प्रकट
वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतृशोकमा रहेका सांसद हृदयराम थानीलाई भेट गरेर समवेदना प्रकट गरेका छन् ।
शनिबार सुर्खेतस्थित निवासमा पुगेर उपसभापति गुरुङले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् । उनले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
देवी थानीको श्रावण ११ गते काठमाडौंमा निधन भएको थियो । देवी थानीको अन्तिम दाहासंस्कार गृहजिल्ला सुर्खेतमा नै गरिएको थियो ।
स्व.देवी थानी नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय अध्यक्ष भवानी थानीकी आमा र सेन्टर फर डेमोक्रटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष ई.उमेश थानीकी हजुरआमा हुन् ।
Published : Saturday, 2025 August 2, 4:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया