शेरबहादुर देउवाज्यूले साथ दिएर उहाँको अगुवाईमा कमैयामुक्ति पाएका हौँ : डिल्लीबहादुर चौधरी
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैयाहरूको मुक्ति आन्दोलन सभापति शेरबहादुर देउवाकै अगुवाईमा भएको बताएका छन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा थारु विभागले आयोजना गरेको कार्यक्रममा नेता चौधरीले भने, ‘मुक्त कमैयाको आन्दोलनमा चाहे धनगढी होस्, चाहे नेपालगञ्ज होस् । सभापति शेरबहादुर देउवाज्यूले साथ दिएर उहाँको अगुवाईमा आज कमैयामुक्ति पाएका हौँ ।’
‘त्यो दिन पनि हामीले भुल्नु हुँदैन । सभापतिज्यू विदेशमा हुनुहुन्थ्यो । कमैयाहरूको आन्दोलनमा आउनुभयो । मुक्तिको दिन महेन्द्र पुलिस क्लवको छतमा गएर सभापति शेरबहादुर देउवाज्यूको अगुवाईमा मात्रै मुक्त कमैया आन्दोलन सफल भएको हो,’ पूर्वमुख्यमन्त्री चौधरीले भने ।
‘थारुहरूको पहिलो मुक्ति थियो । पहिलो आन्दोलन थियो त्यो । जहाँ प्रजातन्त्रको जित भएको थियो । रक्तपात विहीन आन्दोलन थियो,’ उनले भने ।
‘जति बेला थारुहरूको चाढपर्व आउँछ त्यति बेला सभापति शेरबहादुर देउवा दाङ पुग्नु हुन्छ । थारुहरूसँग सुख, दुःख साटासाट गर्नु हुन्छ,’ नेता चौधरीले भने ।
‘बरघरको ऐन आउन लागेको छ । त्यो ऐन आयो भने थारुहरूको अधिकार थपिनेछ । बरघर अधिकार पनि सभापति शेरबहादुर देउवाकै अगुवाईमा भएको छ,’ संसदीय दलका नेता चौधरीले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया