रामहरि खतिवडाको प्रश्न– वीपी राजमार्गको हालत यस्तो छ, त्यसलाई बढि ध्यान दिने की ? पानीजहाजलाई ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा केही त्रुटिहरू रहेको भन्दै सुधारका लागि सुझाव दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले भने, ‘प्रधानमन्त्रीज्यूको धेरै पहिलादेखिको इच्छा, नेपालमा पानीजहाज र रेल ठाउँठाउँमा पुगुन् भन्ने इच्छाका साथ पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक अहिले सरकार ल्याउन सफल भएको छ । नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
‘२०८१ असार २७ गतेको मन्त्रिपरिषदको निर्णयानुसार यसलाई विधेयकको रुपमा परिणत गरेर संसदमा ल्याएर भूपरिवेष्ठित मुलुकमा पनि समान अधिकार स्थापना गर्नका लागि नेपालको झण्डा राखेर पानीजहाज ठाउँठाउँमा पु¥याउने लक्ष्यका साथ लिइएको विधेयकलाई धन्यवाद दिन चाहन्छु,’ खतिवडाले भने ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतिवडाले भने, ‘नेपालको भू–बनावट, प्राकृतिक अवस्था, नदीनाला हेर्दा अहिले नै वीपी राजमार्गको हालत यस्तो छ ? राजमार्गलाई बढि ध्यान दिने की ? पानीजहाजलाई ध्यान दिने भन्नेतिर सरकारले दिनुपर्छ ।’
‘नेपालभित्रका विभिन्न नदी र तालहरूमा विभिन्न क्षमताका जलयान सञ्चालनमा ल्याउने भन्ने उल्लेख गरिएको रहेछ,’ उनले भने, ‘तालहरू पनि नेपालमा प्रशस्त छन् । फेवा ताल, बेगनास ताल जस्ता तालहरूमा अब पानीजहाजमा सरर… हिँड्ने अवस्था सिर्जना भयो भने त्यो पनि उपलब्धी मूलक हुनेछ ।’
सभापति खतिवडाले भने, ‘नेपाल सरकारलाई आर्थिक भार नपर्ने भनेर लेखिएको छ । कार्यालय स्थापना गर्दा राजस्व वृद्धि हुने भनेर उल्लेख गरिएको रहेछ । आर्थिक भार पर्दैन भन्ने एकातिर । आर्थिक भार पनि पर्ने र कार्यालयले आर्थिक उत्पादनमा वृद्धि गर्ने भन्ने उल्लेख गरिएको रहेछ ।’
‘यसको दर्ता स्थान काठमाडौंमा मात्रै उल्लेख गरिएको छ । यसको कार्यालय नै पाटनको एकान्तकुनामा खोलिएको छ । पाटनको एकान्तकुनामा खोलिएको कार्यालयमा दर्ता गर्न नपर्ने ? काठमाडौं भनेर उल्लेख गरिएको हुँदा दफावार छलफलमा मिलाउन पर्ने देखिएको छ,’ खतिवडाले भने ।
सांसद खतिवडाले भने, ‘हिजोसम्म हामीले कागजको पानीजहाज बनाएर देखाउनुपर्ने प्रवृत्ति अन्त्य गर्नको लागि आवश्यक छ । रेल, पानीजहाज सपनाका जस्ता कुरा हुन् भन्ने जनताको बीचमा भ्रम सिर्जना भएको थियो त्यो सपनालाई विपनामा परिणत गर्न यो विधेयक आएर छिटो नेपालमा पानीजहाज आओस् ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया