परराष्ट्रमन्त्री डा.राणाद्वारा पूर्वआयुक्त शर्माको निधनप्रति गहिरो दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको असामयिक निधनको खबरले अत्यन्तै मर्माहत भएको बताएकी छिन् ।
शनिबार डा.राणाले शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । शर्माको आत्माको चीर शान्तिको कामना गर्दै परराष्ट्रमन्त्री डा.राणाले गहिरो दुःख व्यक्त गरेकी छिन् ।
‘यस अकल्पनीय दुःखमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपाली पत्रकारिता र महिला सशक्तिकरणका क्षेत्रमा समेत सक्रिय एक असल साथी गुमाउनुपर्दा मलाई अत्यन्तै पीडाबोध भएको छ । यहाँको योगदान मेरो मानसपटलमा सदा रहीरहनेछ,’ डा.राणाले भनेकी छिन् ।
निर्वाचन आयोगकी पूर्वआयुक्त शर्माको शनिबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा हृदयघातका कारण निधन भएको परिवारजनले बताएका छन् । शर्माको आइतबार अन्त्येष्टि गरिनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया