मर्चवार– ३ का वडाध्यक्ष यादव र विपिन घुसको रकमसहित अख्तियारद्वारा गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवार गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष जनार्दन यादवसमेत दुई जनालाई ३ लाख रुपियाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
आयोगको प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा सोमबार जारी विज्ञप्ति अनुसार वडाध्यक्ष यादवलाई विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरि ३ लाख घुस, रिसवत माग गरेको जनाएका छन् ।
घुसको रकम सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई लिन लगाई विपिनले लिइसकेको अवस्थामा अख्तियारको टोलीले वडाध्यक्ष यादव र विपिनलाई ३ लाख रुपियाँसहित सोमबार नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Monday, 2025 July 7, 9:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया