समर्थकहरूले जावलाखेलमा भव्य रुपमा मनाए दलाई लामाको जन्मोत्सव

काठमाडौं । ललितपुरमा निर्वासित तिब्बती बौद्ध धर्मावलम्बीहरूका राजनीतिक नेता दलाई लामाको ९०औँ जन्मोत्सव भव्यताका साथ समर्थकहरूले मनाएका छन् ।
आइतबार ललितपुरको एकान्तकुनास्थित तिब्बतियन ह्याण्डिक्राफ्ट सेन्टर परिसरमा लामाको जन्मोत्सव भव्य रुपमा मनाएको बुझिएको छ । धर्मगुरु दलाई लामाको जन्मोत्सवका अवसरमा केक काटेर खुसियाली साटासाट गरिएको छ । कार्यक्रममा दलाई लामाको सन्देश पढेर सुनाइएको बुझिएको छ ।
चीनको स्वशासित तिब्बतबाट निर्वासित तिब्बतीयनहरूका साथै काठमाडौंस्थित विभिन्न दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति रहेको बुझिएको छ ।
तिब्बती शरणार्थी क्याम्पका लेखा प्रमुख कर्मा दावाको अध्यक्षतामा आयोजित कार्यक्रममा चोभार डोफेलिङ गुम्बाका कुन्से रिन्पोछे प्रमुख अतिथि रहेका थिए ।

द्वितीय सचिव कर्मा ग्याल्त्सेनसहित लाजिम्पाटस्थित तिब्बती शरणार्थी कल्याणकारी कार्यालय र दलाई लामाका प्रतिनिधि सेप्री लोपान टुल्कु ङ्वाङ चोकडुपसँगै विदेशी कूटनीतिज्ञमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगका उच्चायुक्त तथा युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेनो पनि जन्मोत्सव कार्यक्रममा सहभागी भएको बुझिएको छ ।
कार्यक्रममा अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइकल हार्कर, राजदुतावासका तिब्बती मामिला संयोजक तथा तिब्बती शरणार्थी पेमा तेन्जिङ, तिब्बती शरणार्थीका निर्वासित संसद सदस्यहरू सेर्ता टासी धुन्दुप र रात्सा सोनाम नोर्बु कार्यक्रममा रहेको बुझिएको छ ।
मानवअधिकारवादी नेताहरू भवानी खरेल, गोपाल सिवाकोटी ‘चिन्तन’, ईन्द्र अर्याल, शम्भु लामा, विजयकान्त कर्णलगायतको पनि उपस्थिति रहेको उच्च स्रोतले दाबी गरेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया