प्रजातन्त्र सेनानी संघ बझाङका सभापतिलाई मातृशोक

काठमाडौं । नेपाल प्रजातन्त्र सेनानी संघ बझाङका सभापति चित्र मल्लको ९० वर्षीया आमा हीरादेवी मल्लको निधन भएको छ ।

हीरादेवी मल्लको असार २० गते निधन भएको नेपाली कांग्रेसले जनाएको छ । हीरादेवी मल्लको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको आतबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

‘बझाङ जिल्ला केदारस्यूँ गाउँपालिका वडा नं. १ निवासी स्वर्गीय हीरादेवी मल्लको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ,’ शोक वक्तव्यमा भनिएको छ ।

‘हीरादेवी मल्लप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ,’ कांग्रेसले भनेको छ ।

Published : Sunday, 2025 July 6, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया