विवादित व्यवसायी अन्सारीविरुद्ध ठूलो मुद्दा दायर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनका आधारमा विवादित व्यवसायी युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।
अन्सारीले भारतीय जाली नोटसमेतको कसूर गरी प्राप्त गैरकानूनी स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ ।
अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
अन्सारीकी श्रीमती सालमा खातुनसहित बाराकी प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको छ ।
अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । दोषी ठहर भई उनी गत महिना मात्र छुटेका थिए । छुटेलगत्तै सीआइबीले नियन्त्रणमा लिएर अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अर्काे मुद्दा दायर गरेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया