एमालेको ५० प्रतिशतको हाराहारीमा टोल अधिवेशन सम्पन्न
काठमाडौं । एमालेको केन्द्रीय निर्वाचन आयोगको बैठक बसेर समीक्षा गरेको छ ।
शनिबार एमालेको पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा एमालेको अधिवेशनका विषयमा छलफल भएको हो ।
बैठकपछि महासचिव शंकर पोखरेलले भनेका छन्, ‘पार्टीको केन्द्रीय योजना अनुरुप पार्टीका सबै प्रदेश र जिल्ला तहका अधिवेशनहरू सम्पन्न भएका छन् । करिव ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडा अधिवेशनहरू सम्पन्न भएका छन् ।’
‘५० प्रतिशतको हाराहारीमा टोल अधिवेशन सम्पन्न भएको अवस्था छ,’ पोखरेलले भने, ‘निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश र जिल्ला तहका अधिवेशन र जनसंगठनका राष्ट्रिय अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई बधाई छ ।’
Published : Saturday, 2025 July 5, 10:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया