एमालेको ५० प्रतिशतको हाराहारीमा टोल अधिवेशन सम्पन्न

काठमाडौं । एमालेको केन्द्रीय निर्वाचन आयोगको बैठक बसेर समीक्षा गरेको छ ।
शनिबार एमालेको पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा एमालेको अधिवेशनका विषयमा छलफल भएको हो ।
बैठकपछि महासचिव शंकर पोखरेलले भनेका छन्, ‘पार्टीको केन्द्रीय योजना अनुरुप पार्टीका सबै प्रदेश र जिल्ला तहका अधिवेशनहरू सम्पन्न भएका छन् । करिव ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडा अधिवेशनहरू सम्पन्न भएका छन् ।’
‘५० प्रतिशतको हाराहारीमा टोल अधिवेशन सम्पन्न भएको अवस्था छ,’ पोखरेलले भने, ‘निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश र जिल्ला तहका अधिवेशन र जनसंगठनका राष्ट्रिय अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई बधाई छ ।’
Published : Saturday, 2025 July 5, 10:30 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया