देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउन आग्रह गरेका छन् ।

थापाले देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति विश्वास नगर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन् । उनले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए ।

उनले विद्यार्थीहरूलाई अबको जिम्मेवारी आफूहरूले लिनुपर्ने बताए । थापाले भने, ‘कसैले यो देशमा खतरा भएको छ भनेर नपत्याउनुस् । कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् ।’

‘दुवै कुरामा सत्य छैन । यो देशमा केही राम्रो भएको छ, केही राम्रो गर्न सकिएको छैन,’ थापाले भने, ‘राम्रो गरेकोमा धन्यवाद भन्नुस्, गर्नुपर्ने जति किन गरिएन भनेर प्रश्न गर्नुस् ।’

‘बाँकी काम म गर्छु भनेर जिम्मा लिनुस् । नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’, थापाले भने, ‘अडिएर बस्नुस्, नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस्, आलोचनात्मक हुनुस् र रमाइलो पनि गर्नुस् ।’

Published : Saturday, 2025 July 5, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया