कांग्रेस भनेको परिवार हो, साथीहरूलाई अफ्ठ्यारो पर्दा साथ दिनुपर्छ : सरिता प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले ६० प्रतिशत मात्रै क्रियाशील सदस्यहरूले नवीकरण गरेकोमा चिन्ता व्यक्त गर्दै कांग्रेसको संगठनको अवस्थाबारेमा ध्यान दिन आग्रह गरेकी छिन् ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै प्रसाईंले भनिन्, ‘आज देशभरि नेपाली कांग्रेसको क्रियाशील सदस्यहरू मैले सुन्दै गर्दा ६० प्रतिशतले मात्रै नवीकरण गरेको सुन्न आइरहेको छ । कांग्रेसको संगठानिक स्थिति कहाँ छ यहाँबाट पनि थाहा हुन्छ भन्ने कुरा सबैले बुझ्नु भएको छ ।’
नेतृ प्रसाईंले कांग्रेस सरकारमा भएकै बेला नेताहरूलाई छानिछानी निशाना बनाइएको बताएकी छिन् ।
उनले भनिन्, ‘सरकारको गठबन्धनमा छौँ । टार्गेटमा कांग्रेस छ । वडादेखि, मेयरदेखि, मन्त्रीदेखि, पूर्वमन्त्रीदेखि सारा कांग्रेसका मान्छे टार्गेट हुँदै कोही अख्तियारमा, कोही सम्पत्ति शुद्धीकरणमा, कोही कहाँ ? यसैको लागि हो गठबन्धन ? हेर्दै छौँ, लड्दै छौँ । भिड्दै छौँ ।’
उनले कांग्रेसका साथीहरूलाई अफ्ठ्यारो पर्दा साथ दिने भनेको कांग्रेसले नै रहेको बताइन् । ‘साथीहरूलाई आफ्ठ्यारो परेका बेला यो केन्द्रीय समिति भनेको परिवार हो । कांग्रेस भनेको परिवार हो । यो पार्टीका साथीहरूलाई अफ्ठ्यारो पर्दा हामीले साथ दिएर उनीहरूलाई यहाँबाट निकाल्ने हैसियत राख्नुपर्छ भन्ने भन्न चाहन्छु,’ प्रसाईंले भनेकी छिन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया