प्यूठान बनाउन साथ दिनुस्, ठूलो बजेट परेको छ, भ्रमित पार्ने कुरा नगरौं : मन्त्री रोज राणा

बिजुवार । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठान जिल्लाको विकासमा विभिन्न आरोह, अबरोह झेलेर उल्लेख्य बजेट र योजनाहरू ल्याएको बताएका छन् ।

शुक्रबार प्यूठानको जुम्रीमा पत्रकार सम्मेलन गरेर मन्त्री राणाले प्यूठान बनाउने आफ्नो अभियानमा साथ दिन अपील गरेका छन् । उनले विकास गर्ने विषयमा राजनीति नगर्न आग्रह गर्दै चुनावका बेला राजनीति गरौँला भनेर सहयोगको अनुरोध गरेका छन् । उनले भने, ‘एउटा के भास्य निर्माण गर्न खोजियो भने । मलाई एउटा कुरा के अचम्मा लाग्यो भने पैसा कम प¥यो भनेर गर्नु प¥यो नि ? प्यूठान जिल्लामा साँच्चिकै कम पैसा परेका हो भने चिन्ता गर्नुपर्‍यो ।’

‘प्यूठान जिल्लामा पैसा कम पर्‍यो भनेर खुसी मनाउने होइन । म उहाँहरूलाई आग्रह गर्न चाहन्छु,’ राणाले भने, ‘ल्याउनुस् पैसा । बजेट हाल्नुस् । हालौँ । प्यूठान समृद्ध बनाउन त्यसको लागि सदनमा मैले कति कुरा व्यहोरेको छु ।’

मन्त्री राणाले भने, ‘प्यूठानमा बजेट हाल्दा कति कुरा सहेको छु । तथापि म प्यूठान बनाउने भनेर लागेको छु । कमसेकम जनताले साथ दिएको बेला जनप्रतिनिधिहरू झन् जिम्मेवार हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

‘हामी जनप्रतिनिधिहरूले कसरी विकास गर्ने भन्ने कुराको खाका बनाएर लिएर हिँड्न सक्नुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधिहरू नै बिग्रह गर्ने, अत्यन्तै जिम्मेवार पदमा रहेका साथीहरूले जे पायो त्यही लेखिदिने । पत्रकार साथीहरूलाई मेरो आग्रह छ । तथ्यमा रहेर समाचार लेखिदिनु होला ।’

‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरिरहँदा अनेक आस्था भएका साथीहरूले रुखमा भोट नहाल्नु होला । प्यूठान जिल्ला बनाउने कार्यमा सँगै रहौँ । यो अवसर । यो मौका भोलि नआउन पनि सक्छ । मौका आएको बेला तपाईहरूको साथ र सहयोगमा प्यूठान जिल्ला बनाउने अभियानमा छु,’ उनले भने ।

‘पैसा आइसकेपछि के भन्नु हुन्छ साथीहरू यो पैसा कसरी लागू गर्दो रहेछ हेरौँ भन्नु हुन्छ । लागू हुन्छ । यो बजेट लागू गर्न तपाईहरू पनि लाग्नुस् । तपाईहरूले पनि खबरदारी गर्नुस्,’ मन्त्री राणाले भने ।

‘बाटोहरू राम्रा भएका छैनन् भने साथीहरू त्यो खिचेर हाल्नु पर्‍यो । कहाँ काम राम्रो भएको छैन त्यो खिचेर हाल्नु प¥यो । खबरदारी गर्नुपर्‍यो । मन्त्रीलाई फोन गर्नुपर्‍यो,’ उनले भने ।

मन्त्री राणाले भने, ‘प्यूठान जिल्लालाई ठूलो बजेट आएको छ । यो बजेटलाई भ्रमित गरेर पैसो आएकै छैन । गोयबल्स शैलीमा भनिरहेका छन् भन्ने जुन अभिव्यक्ति आएका छन् यो अत्यन्तै गैरजिम्मेवार छ । प्यूठान जनताको मर्ममा ठेस लाग्ने अभिव्यक्ति छ । त्यस्ता अभिव्यक्ति दिने साथीहरूलाई बिनम्रताका साथ भन्छु प्यूठान जिल्ला बनाउने कुरामा एक हुनुपर्छ । ती कुरा सेयर गर्ने व्यक्तिहरूलाई प्यूठानी जनताले सधैँ श्राप्ने छन् । प्यूठानको श्राप लाग्नेछ ।’

‘प्यूठान जिल्ला केहीन केही हुँदैछ । यो बदल्ने अवसर हो । म बदल्न लागिरहेको छु । राजनीति भोट माग्ने बेला गरौँला । अहिले जिल्ला बनाउने हो । जिल्ला बनाउने मेरो अभियानमा मलाई साथ दिनुस्,’ मन्त्री राणाले भने ।

‘तपाईहरूको भोट मलाई चाहिँदैन । चुनाव भनेको फेरि उठिएला, नउठिएला, के गरिएला । जनताले चाहँदा म चुवना लडेमा भोट देलान् । प्यूठान बनाउने अभियानमा तपाईहरू जोडिनुस्,’ उनले भने ।

लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री राणाले प्यूठान जिल्लामा उल्लेख्य योजना र बजेट ल्याएका छन् । मन्त्री राणाले प्यूठानमा बजेटको बाढी ल्याइदिएपछि एमालेका प्रतिनिधि सभाका सांसद सूर्यबहादुर थापाले बजेटका विषयमा भ्रमहरू छर्ने अभिव्यक्ति र फेसबुकमा स्टाटसहरू राखेका बेला मन्त्री राणाले भ्रमहरूलाई खण्डन गरिदिएका छन् ।

Published : Friday, 2025 July 4, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया