सभापतिज्यूलाई राखेर विभागहरूले एकदिने कार्यक्रम गर्ने, गाउँमा जाँदै नजाने : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका भसापति रामहरि खतिवडाले कांग्रेसका विभागहरू गाउँगाउँमा पुग्न नसकेको बताएका छन् ।
शुक्रबार सानेपा, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसमिति बैठकमा बोल्दै खतिवडाले सभापति शेरबहादुर देउवालाई विभागको कार्यक्रम गरेर गाउँमा जाँदै नजाने प्रवृत्ति हाबी भएको बताए ।
उनले भने, ‘विभाग गठन भएका छन् । विभागको गतिविधिहरू शून्य भएका छन् । विभागमा साथीहरू राख्ने । केन्द्रीय सभापतिलाई थपक्क राखिने । सभापतिलाई राखेर एकदिन ठूलो कार्यक्रम गर्ने जनस्तरमा पुग्दै नपुग्ने । यो पद्धति भएको छ ।’
‘म कुनै जाति वा व्यक्तिलाई भन्न खोजेको होइन । विभागलाई गाउँ र ठाउँमा लैजाने पद्धतिको विकास गर्नुपर्छ,’ केन्द्रीय सदस्य खतिवडाले भने ।
नेता खतिवडाले विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले भने, ‘जनसम्पर्क समितिलाई कांग्रेसले अझै बलियो बनाउनुपर्छ । विदेशमा भएका नेपालीहरूले स्वदेशमा रहेका नेपालीलाई परिचानल गरेर जानुपर्छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया