कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेशमा निर्वाचन लड्न नपाउने बनाऔँ : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

बिहीबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर, चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले प्रदेश प्रतिनिधिहरूनै प्रदेश कार्यसमितिमा आउनुपर्ने बताएकी छिन् ।

नेतृ थपलियाले पार्टीमा युवा प्रतिनिधितब बढाउन पनि माग गरेकी छिन् । उनले त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उमेदवार छानणदा ४० वर्षमुनिका २० प्रतिशत युवा अनिवार्य गर्नुपर्ने बताएकी छिन् ।

नेतृ थपलियाले पार्टीको वडा कार्यसमितिलाई बजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएकी छिन् ।

उनले भनिन्, ‘खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया र कर्मचारीतन्त्र हाबी हुन रोकिन्छ ।’

थपलियाले भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन २/२ वर्षमा अधिवेशन अनिवार्य गर्न आग्रह गरेकी छिन् । उनले नियमित अधिवेशन हुन नसके सम्बन्धित तहका पार्टी नेतृत्वले समयअधिमन अधिवेशन नभए नेतृत्व चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताइन् ।

Published : Thursday, 2025 July 3, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया