सप्तरी कांग्रेसका क्षेत्रीय सभापति यादवको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले सप्तरीका प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति श्यामकुमार यादवको ६० वर्षको उमेरमा निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर यादवको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको जनाएका छन् ।
सप्तरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति यादवको असार १७ गते राति ११ः३० बजे ६० वर्षको उमेरमा निधन भएको शोक वक्तव्यमा उल्लेख छ ।
राजविराज नगरपालिका वडा नं. १२ निवासी यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
‘श्यामकुमार यादवको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको छ,’ कांग्रेसले भनेको छ ।
‘श्यामकुमार यादवको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ,’ शोक वक्तव्यमा भनिएको छ, ‘श्यामकुमार यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया