विमानस्थलमा विभागद्वारा छापा, १५ अर्ब भ्रष्टाचार आरोपी प्रदीपको संरक्षणमा लुटको धन्दा

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापामारेर पसलहरूको अनुगमन गरेको छ ।
मंगलबार विभागको टोलीले गरेको छड्के अनुगमनका क्रममा विमानस्थलभित्र रहेको एयरपोर्ट कफी एण्ड कन्फेक्सनरी शपलाई २ लाख ५ हजार जरिवाना गरेको हो । जरिवानासँगै ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । विमानस्थलभित्रका पसलहरूमा लुटको धन्दा छ । त्यो धन्दालाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संरक्षण गर्दै आएका छन् ।
कफी शपसहित विभिन्न ८ वटा व्यवसाय स्थलमा अनुगमन गर्दा ३ वटा व्यवसाय तथा फर्मलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेर बिक्री वितरण गरेको भेटिएको छ । ती पसलहरूलाई ७ लाख ४५ हजार जरिवाना गरेको विभागका महानिर्देशक कुमार दाहालले बताएका छन् ।
विभागको टोलीले ललितपुर महानगरपालिका ८ मा रहेको मनमय इन्टरप्राइजेजलाई २ लाख ८० हजार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इजी ट्रेडलाई २ लाख ६० हजार जरिवानासँगै व्यवसायसँग सम्बन्धित कागजात ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको लापरबाही र बेथितिका कारण विमानस्थलमा हजारौँ यात्रुले कफी शप र पसलहरूमा दुःख पाउँदै आएका छन् । विवादास्पद व्यापारी सुवास श्रेष्ठ, दीपक मल्होत्रा जस्ता व्यक्तिका कारण यात्रुले विमानस्थलमा सास्ती व्यहोर्नु परेको छ । सुवास श्रेष्ठ विगतमा विदेशी मुद्रा तस्करी गरेको अभियोगमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । श्रेष्ठले विमानस्थलभित्र सबैभन्दा ठूलो लुटको धन्दा चलाउँदै आएको आरोप छ । सुवासले अदालतको अन्तरिम आदेशका भरमा विगत १७ वर्षदेखि विमानस्थलमा पसलहरू कौडीको भाउमा चलाउँदै आएका छन् ।
महानिर्देशक अधिकारी आफै पनि पोखरा क्षेत्रीय विमानस्थलमा भएको १५ अर्ब भ्रष्टाचार प्रकरणमा सार्वजनिक लेखा समितिले निलम्बन गरेर कारबाही गर्न सिफारिस गरिसेकको छ ।
महानिर्देशक अधिकारीलाई पोखराको भ्रष्टाचारमा लेखा समितिले पहिलो नम्बरमा कारबाही सिफारिस गरेको छ । प्रदीपसँग कारबाही सिफारिसमा पर्नेहरूमा निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् । उनीहरू सबै भ्रष्टाचारी भएको लेखा समितिको ठहर छ ।

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया