कांग्रेसको मुस्लिम विभागको नेतृत्व मुस्लिम नेतालाई दिन सभापति देउवासँग अनुरोध
काठमाडौं । मुस्लिम नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुस्लिम विभागको नेतृत्व सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा सभापति देउवालाई भेटेर मुस्लिम नेताहरूले विभागको नेतृत्व मुस्लिम नेतालाई नै दिन माग गरेका हुन् ।
कांग्रेस नेता डा.अबुल हुसैन अन्सारीले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले निर्वाह गरेको अग्रणी भूमिकाप्रति हामी सम्मान प्रकट गर्दछौं ।’
उनले भने, ‘१४औं महाधिवेशनपश्चात् पार्टीले विभिन्न विभागहरूको गठन गर्दा मुस्लिम विभागको पनि स्थापना भएकोमा हाम्रो समुदाय प्रसन्न भएको थियो ।’
‘विभागको नेतृत्वमा मुस्लिम समुदायका प्रतिनिधि व्यक्तित्वलाई जिम्मेवारी नदिइएको विषयले हामीलाई अत्यन्तै असमञ्जसमा पारेको छ,’ डा.अन्सारीले भने ।
‘पार्टीका अन्य जातीय, धार्मिक वा समुदायसम्बन्धी विभागहरूमा सोही समुदायका व्यक्तिहरूलाई नेतृत्वमा अवसर दिइएको परिप्रेक्ष्यमा मुस्लिम विभागको नेतृत्वमा मुस्लिम समुदायका व्यक्तित्वलाई अवसर नदिनु आत्मविरोधी अभ्यासजस्तो देखिन्छ,’ सभापति देउवालाई बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेख रहेको डा.हुसैनले भनेका छन् ।
‘यो कदमले पार्टीप्रति मुस्लिम समुदायको विश्वास घटाउने, भावनात्मक दूरी बढाउने तथा संगठन विस्तारको अवसरमा अवरोध सिर्जना गर्ने जोखिम बढाएको छभन्ने आवाजहरू विभिन्न तहबाट मुखरित भइरहेका छन्,’ उनले भने ।
‘हामी पार्टी नेतृत्व समक्ष यो गम्भीर विषयमा पुनर्विचार गरी मुस्लिम विभागको नेतृत्व मुस्लिम समुदायकै उपयुक्त व्यक्तित्वलाई जिम्मेवारी दिइनु पर्ने माग गर्दछौं,’ धानाकर्षण पत्रमा भनिएको छ ।
सभापति देउवालाई बुझाइएको ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरूमा डा.अबुल हुसैन अंसारी, खालिद हुसैन, कसिम अख्तर, तमबीर हुसैन, नौशाद आलम, कमरेज खान, रागिब आलम, मोहम्मद शमशाद, सद्दाम हुसैन, मोहम्मद मूना, नाजिम निजाम, एजाजूर रहमान, मिर्जा दिलशाद, मोहम्मद कमाल जमा लगायत रहेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया