इजरालय, इरान वा मध्यपूर्वका देशमा यात्रा गर्न सकिन्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरान एवम् मध्यपूर्वका अन्य मुलुकहरूका प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरि पूर्ववत रुपमा ती मुलुकहरूमा यात्रा गर्न सकिने जनाएको छ ।

मंगलबार परराष्ट्र मन्त्रालयले सूचना प्रकाशित गरेर इजरायल र इरानबीच विद्यमान द्वन्द्व असार ९ गतेका दिन दुबै द्वन्द्वरत पक्षबीच युद्धविराम पश्चात अन्त्य भएपछि हाल त्यहाँ क्रमशः शान्ति बहाली भई जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले असार ४ गतेका दिन इजरायल र इरानमा रहेका नेपाली नागरिकहरू तथा नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकहरूको भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरूलाई लक्षित गरि यात्रा सम्बन्धी जानकारी जारी गरेको थियो । यात्रासम्बन्धी जानकारी ट्राभल्स एडभाइजरीलाई परराष्ट्र मन्त्रालयले हटाएको छ ।

Published : Tuesday, 2025 July 1, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया