निजामती विधेयक प्रकरणमा छानविन गर्न कांग्रेस सांसद जबराद्वारा संसदीय समितिको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद उदयशम्शेर जबराले राज्य व्यवस्था समितिबाट निजामती सेवा विधेयकमा खेलवाड गरेको भन्दै उच्चस्तरीय संसदीय छानविन समितिको माग गरेका छन् ।
मंगलबार प्रेस नोट जारी गरेर कांग्रेस नेता जबराले भने, ‘राज्यव्यवस्था समितिबाट सर्वसम्मतिले पारित भएको निजामती सेवा विधेयकमा जुन खालको चलखेल गरेर विधेयककै महत्वपूर्ण बुँदामा परिवर्तन गरिएको विषय बाहिरिएको छ, यो सार्वभौम संसद र जनताको अभिमतमाथिको प्रहार हो ।’
‘यसलाई सामान्य घटनाका रुपमा नलियोस,’ जबराले भने, ‘यसको छानविनका लागि उच्चस्तरीय संसदीय छानविन समिति तत्काल गठन गरियोस् र यसमा संलग्नलाई कडा कारवाही गरियोस् ।’
सांसद जबराले भने, ‘नत्र महिनौंसम्म समिति र सदनमा विधेयकमाथि छलफल गर्नुको औचित्य के ?’
राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको र प्रतिनिधि सभाबाट समेत सर्वसम्मत पारित भएको निजामती विधेयकमा २ वर्षको कुलिङ पिरियडलाई काट्ने गरेर अर्को बुँदा सुटुक्क राखेर पारित गरेपछि खैलाबैला भएका बेला कांग्रेसका सांसद जबराले उच्चस्तरीय संसदीय छानविन समितिको माग गरेका हुन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया