नियोजित तवरले फैलाइएको भ्रमपूर्ण अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको छ : कांग्रेस महामन्त्री खनाल

बर्दघाट । नेपाली कांग्रेस लुम्बिनीका महामन्त्री एवम् पूर्वसांसद बिक्रम खनालले विगत केही दिनदेखि आफूविरुद्ध नियोजित रुपमा फैलाइएका भ्रमपूर्ण र कपोलकल्पित अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सोमबार नवलपरासीमा विशेष पत्रकार सम्मेलन गरेर खनालले आफूविरुद्धका भ्रमपूर्ण कुराहरूको पछाडि नलाग्न नेता, कार्यकर्ताहरूसँग आग्रह गरेका छन् । नेता खनालविरुद्ध केही नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको कुरालाई लिएर अनर्गल प्रचार प्रसार गरेपछि त्यसको प्रतिवाद गरेका छन् ।
उनले भने, ‘विगत केही दिनदेखि मेरो विषयमा नियोजित तवरले फैलाइएको भ्रमपूर्ण र कपोलकल्पित अफवाहप्रति मेरो गम्भीर ध्यानाकर्षण भएपछि यहि विषयमा पार्टीका जिल्लाभित्रका वडा तहदेखि जिल्ला हुँदै प्रदेश तहसम्मका नेता कार्यकर्ताहरू समेतले हस्ताक्षर गरि मेरो पक्षमा अफवाहको विरुद्धमा जुन प्रकारबाट ऐक्यबद्धता प्रकट गर्नुभयो त्यसप्रति हार्दिक कृतज्ञता गर्दछु ।’
महामन्त्री खनालले भने, ‘म सदैब आम जनताको सुख, दुःख, स्थानीय विकास, सामाजिक न्याय र सेवामा सधैँ समर्पित रही पार्टीप्रति इमान्दार व्यक्तिहरूले नै पार्टीले उचित मूल्यांकन गरि स्थान पाउनुपर्छ भन्ने मान्यताको पार्टीभित्र वकालत गरि रहे ।’
‘राजनीतिलाई सेवाको रुपमा नहेरी, निजी स्वार्थ र अुकत सम्पत्ति आर्जन र संरक्षण गर्ने तथा सार्वजनिक सम्पत्ति दोहन गर्ने प्रवृत्तिका व्यक्तिहरू हावी भई स्थान पाउँदै गएकोप्रति चिन्तित हुँदै त्यसका विरुद्धमा निरन्तर वकालत गर्दै जस्तो सुकै परिस्थितिको सामना गर्न परे पनि तपाईहरू साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु,’ लुम्बिनी कांग्रेसका महामन्त्री खनालले भनेका छन् ।
खनालले भने, ‘जहाँ आग्रह पूर्वाग्रहमा तेरो, मेरो गरि पार्टीका उम्मेदवारलाई हराउन पार्टीका उम्मेदवारलाई हराउन उद्दत भई काम गर्ने नेताहरूको कुर्ततले आएको परिणाम प्रतिनिधिसभा क्षेत्र नं. २ को नतिजाले छर्लङ्ग गराउँद छ । यो परिस्थितिमा नवलपरासीको राजनीति गज्रदै गर्दा पार्टीविरुद्ध काम गर्नेहरू पुरस्कृत हुँदै जाने र इमान्दारीपूर्वक संगठन गर्ने नेता, कार्यकर्ताहरू दण्डित हुँदै जाने अवस्थाप्रति खेद प्रकट गर्दै अबिलम्व यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गर्दछु ।’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया