अश्लील भिडियो सामग्री बनाउने थापा काठमाडौंबाट पक्राउ

काठमाडौं । महिलाहरूको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको आरोपमा २९ वर्षीय रमेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका थापालाई पक्राउ गरेको जनाएको छ ।
असार १३ गते साँझ ५ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
थापाले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला र पुरुषहरूलाई रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउने र त्यसपछि महिलाहरूका अश्लील फोटो तथा भिडियो बनाएर बिक्री वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार अश्लील किताब, पर्चा आदि बनाउन वा बिक्री गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार विज्ञप्ति जारी गरेर जनाएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया