सशस्त्र प्रहरीको हेडक्वाटरले ठूलो संख्यामा बढुवा निकाल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा गरेको छ ।

बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना छन् । सइमा ३४ जना छन् । लेखा उपसमूहतर्फ सइमा ६ जना छन् ।

सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना छन् । हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका छन् ।

बढुवा हुनको लागि १९ जेठमा सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको वरिष्ठ सइ र सई तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सइमा बढुवा हुनको लागि १० दिनभित्र बढुवा फारम भर्न उल्लेख गरेको थियो ।

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ ।

एक महिनाभित्र सशस्त्र प्रहरीको हेडक्वाटरले ठूलो संख्या बढुवा निकालेको छ ।

Published : Monday, 2025 June 30, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया