मच्छेगाउँमा कांग्रेसका नेताहरू रोपाइमा सहभागी

मच्छेगाउँ । नेपाली कांग्रेसका नेताहरू धान दिवसका अवसरमा आयोजित रोपाइ कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं.९ मच्छेगाउँमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा सहभागी भएका हुन् । कांग्रेस नेताहरू रोपाइमा सहभागी भएर राष्ट्रिय धान दिवसको महत्व उजागर गरेका छन् । उनीहरूले नेपाल कृषिमा निर्भर रहेको भन्दै उत्पादनमा केन्द्रित रहेर कृषिलाई आवश्यक पर्ने सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को प्रमुख आतिथ्यतामा रोपाइ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारी विशिष्ट अतिथिका रुपमा सहभागी रहेका थिए । विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद जीतजंग बस्नेत, राजन केसी, राधा घले, नानु बास्तोला, सीता देवकोटा, विद्या तिमिल्सिना, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिका वडा नं. ९ का इकाई सभापति गणेश महर्जन एवम् ९ नं. वडाका वडाध्यक्ष अच्युत अधिकारीको पनि उपस्थिति रहेको थियो ।





बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया