राप्तीमा अबैध उत्खनन् गर्ने टिप्पर र जेसीबी भालुबाङ प्रहरीद्वारा नियन्त्रण
भालुवाङ । इलाका प्रहरी कार्यालय, भालुवाङ, दाङले राप्ती नदीमा अबैध उत्खनन् गर्ने टिप्पर र जेसीबीलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय, भालुबाङबाट खटिएको प्रहरी गस्ती टोलीले राप्ती गाउँपालिका वडा नं. ६ बाट दुई वटा टिप्पर र एउटा जेसीबीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
राप्ती गउँपालिका वडा नं. ६ लामोपुल नजिक अबैध रुपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन् गरी लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
२ वटा (१० चक्के) टिप्पर र १ जेसीबीलाई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकामा पठाइएको थियो । राप्ती गाउँपालिकाबाट आवश्यक कारवाही पश्चात सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Published : Sunday, 2025 June 29, 7:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया