राप्तीमा अबैध उत्खनन् गर्ने टिप्पर र जेसीबी भालुबाङ प्रहरीद्वारा नियन्त्रण

भालुवाङ । इलाका प्रहरी कार्यालय, भालुवाङ, दाङले राप्ती नदीमा अबैध उत्खनन् गर्ने टिप्पर र जेसीबीलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय, भालुबाङबाट खटिएको प्रहरी गस्ती टोलीले राप्ती गाउँपालिका वडा नं. ६ बाट दुई वटा टिप्पर र एउटा जेसीबीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राप्ती गउँपालिका वडा नं. ६ लामोपुल नजिक अबैध रुपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन् गरी लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२ वटा (१० चक्के) टिप्पर र १ जेसीबीलाई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकामा पठाइएको थियो । राप्ती गाउँपालिकाबाट आवश्यक कारवाही पश्चात सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2025 June 29, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया