मलेसियामा अदृत र निर्भयलाई उपाधि

काठमाडौं । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५ मा नेपालका दुई बालकले शीर्षसहित बिभिन्न उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी अदृत कुँवरले प्रिन्च जुनियर टुरिजम एम्बेसडर २०२५ को शीर्ष उपाधि जित्दा सोही प्रतियोगितामा सहभागी अर्का बालक निर्भय श्रेष्ठले फष्ट रनरअपको उपाधि हासिल गरे ।
प्रतियोगितामा शीर्ष उपाधि जितेको कुँवरले बेष्ट क्याटवाक अवार्ड र बेष्ट इन स्पीच अवार्ड समेत हात पार्दा श्रेष्ठले बेष्ट टुरिजम भिडियो अवार्ड जित्न सफल रहे ।
क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवरलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले प्रतियोगितामा सहभागी गराएको हो ।
वर्ल्ड जुनियर टुरिजम एम्बेसडर विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवैले प्रतियोगितामा नेपाली कला–संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवर्द्धन समेत गरेका छन् ।
प्रतियोगितामा विशेषतः कुँवरले नेपाली लाखे र श्रेष्ठले नेपाली मौलिक बाजा मादलको प्रचार गरेका थिए । दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवर्द्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका थिए ।
जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गरेको बताइन्छ । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए ।
दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको मिलेनियम किड्स इन्टरनेसनल २०२५ का विजेता हुन् । प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया