बाग्लुङ कांग्रेसका पूर्वसभापति कँडेलको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाग्लुङ कांग्रेसका पूर्व सभापति एवम् पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
आइतबार शोक वक्तव्य जारी गरेर सभापति देउवाले भने, ‘नेपाली कांग्रेस बाग्लुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गोविन्दप्रसाद शर्मा कँडेलको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुखित् बनाएको छ ।’
नेपाली कांग्रेस बाग्लुङका पूर्व जिल्ला सभापति कँडेलको आइतबार चितवनमा निधन भएको छ ।
उनले भने, ‘स्व.कँडेलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’
‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’
बाग्लुङ कांग्रेसका पूर्व जिल्ला सभापति एवम् पूर्वसांसद कँडेलको निधन भएको भन्दै कांग्रेसले गहिरो शोक व्यक्त गरेको छ ।
पूर्वसभाति कँडेको आइतबार चितवनमा निधन भएको कांग्रेसले जनाएको छ ।
बाग्लुङको बिहुँकोटमा विक्रम संवत् १९९५ पौष १४ गते जन्मिएका कँडेल विक्रम संवत् २०१० सालमा वीपी कोइरालाबाट पार्टी सदस्यता प्राप्त गरेका थिए ।
विक्रम संवत् २०१९ सालमा गुल्मी, अर्घाखाँची र पाल्पाको कमाण्डर भर्ई वनारसबाट तरूण पत्रिका लिएर आउँदा कँडेल पाल्पामा गिरफ्तार भएका थिए ।
निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध र लोकतन्त्रको पक्षमा भएका संघर्ष तथा आन्दोलनहरूका क्रममा विक्रम संवत् २०१९ देखि २०४६ सालसम्म पटक–पटक गरी कँडेलले ७ वर्ष जेल जीवन बिताएका छन् ।
कांग्रेसद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।’
‘नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कार्य गर्नु भएको थियो,’ कांग्रेसले भनेको छ, ‘सरल, सादगी, शालीन र प्रेरणादायी उहाँको जीवनशैली अनुकरणीय रहेको छ ।’
‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ,’ कांग्रेसले भनेको छ, ‘स्वर्गीय कँडेलका दुई छोरा र एक छोरी हुनुहुन्छ ।’
कँडेल २०४८ सालमा बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका थिए । उनी नेपाली कांग्रेस जेष्ठ राजनीतिज्ञ सभाका पूर्व सदस्य पनि हुन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया