राज्यको अनुदान वास्तविक किसानसम्म पुगेको छैन : कांग्रेस नेता सिटौला

दमक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताएका छन् ।
आइतबार झापामा नेपाल किसान महासंघले हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा सिटौलाले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने किसिमका योजना ल्याउनुपर्ने बताए ।
नेता सिटौलाले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको बताए । राज्यको अनुदान वास्तविक किसानसम्म पु¥याउनुपर्ने उनले बताएका छन् । सिटौलाले कृषिको अनुदान वास्तविक किसानसम्म नपुगेको बताए ।
किसानलाई समयमै बीउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गराउनुपर्ने नेता सिटौलाले बताए ।
नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष रतन सुब्बाले मल अभाव, चैते धानको मूल्य नपाएको लगायत किसानका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया