लुम्बिनी कांग्रेसद्वारा समाचारहरूको निन्दा एवम् भ्रर्त्सना

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले भ्रामपूर्ण एवम् कपोलकल्पित समाचारहरू प्रकाशित भएको भन्दै भर्त्सना गरेको छ ।

शुक्रबार देउखुरीको लमहीमा बसेको कार्यसमितिको बैठकपछि महामन्त्री विक्रम खनालद्वारा जारी विज्ञप्तिअनुसार पत्रकारिताको नाममा यस्ता खाले तथ्यहीन पत्रकारिता नगर्न ध्यानाकर्षण गराएको उल्लेख छ ।

‘प्रदेश सरकारको बजेट निर्माणको सन्दर्भमा प्रदेश सभापतिले हस्ताक्षर गरेको हुँदा सुरक्षाकर्मी लगाएर निकालिएको, दलको नेतालाई अपशब्द प्रयोग गरेको, कमिशन खाने ध्येयले कपिलवस्तु पार्टी सभापतिको सेटिङमा योजना माग गरेको, नेपालको संविधानअनुसार समानुापतिक पद्धतिबाट निर्वाचित सांसदलाई टीके सांसदको उपमा दिइ व्यवस्थाप्रति धज्जी उडाइ बारम्बार कपोकल्पित एवम् भ्रामक समाचार सम्प्रेषण गर्ने विभिन्न संचार माध्यम तथा अनलाईनप्रति यो बैठक खेद व्यक्त गर्दछ, निन्दा गर्दछ र भ्रर्त्सना गर्दछ,’ महामन्त्री खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा सधैँ वकालत गर्दै आएको पार्टी हो । प्रेस स्वतन्त्रतासँग कसैसँग सम्झौता गरेको पनि छैन ।

कांग्रेसले आफूविरुद्ध आउने समाचार र टिकाटिप्पणीलाई सधैँ रचनात्मक रुपमा लिएर प्रतिशोध लिने गरेको छैन । सोही कारण कांग्रेसको संगठन बलियो नहुँदा पनि जनताका बीच बलियो अवस्थामा छ ।

लुम्बिनी कांग्रेसको नेतृत्व र नेताहरूले हतारमा गर्ने निर्णय, बेलाबेला दिने अभिव्यक्ति र क्रियाकलापको समाचार आउँदा आबेगमा प्रतिक्रिया दिने, पत्रकारलाई लुम्बिनी कांग्रेसको संसदीय दलको कार्यालय अगाडि आक्रमणको प्रयास गर्ने, अपशब्द बोल्ने जस्ता कार्य हुँदा कांग्रेसकै गरिमा र मर्यादामा आँच आउँछ ।

तत्कालीन समयमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुन् वा हालका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले कहिल्यै पनि पत्रकार र सञ्चारजगतमाथि अपशब्द बोल्ने वा आक्रमणको प्रयास गर्दैनन् । आफूविरुद्ध जति नै समाचार आए पनि स्वतन्त्र प्रेसको पक्षमा सधैँ अभिव्यक्ति दिँदै आएका छन् ।

उनीहरूको त्यही सहनशीलतार गुणले गर्दा नेतृत्वमा पुगेका छन् । सावर्जनिक जीवनमा पुगेका नेताहरू जसले आफ्नो आलोचना सहन सक्दैन त्यसको राजनीतिक जीवन समाप्त भएका छन् ।

Published : Sunday, 2025 June 29, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया