सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणमा प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् ।
शनिबार प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
पछि राष्ट्रपति पौडेलले सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेलसम्म सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Saturday, 2025 June 28, 8:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया