मकवानपुर र धादिङका तस्करहरू बारामा २ सय किलो गाँजा बोकेको गाडीसहित गिरफ्तार

परवानीपुर । जिल्ला प्रहरी कार्यालय बाराले परवानीपुर गाउँपालिका–५ बहुअरीबाट करिब २ सय १२ किलो ९ सय २८ ग्राम गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेकाहरूमा मकवानपुरको थाहा नगरपालिका–४ पालुङ बस्ने २८ वर्षीय रबि कार्की, सोही नगरपालिका–१२ टिसटुङ बस्ने ४६ वर्षीय बीरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका–१४ उतरपानी बस्ने २३ वर्षीय साजन मुक्तान र धादिङको थाक्रे गाउँपालिका–७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तमाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा धानको भुसको बोरामा लुकाई छिपाई ल्याएको गाँजा फेला पारेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया