मकवानपुर र धादिङका तस्करहरू बारामा २ सय किलो गाँजा बोकेको गाडीसहित गिरफ्तार
परवानीपुर । जिल्ला प्रहरी कार्यालय बाराले परवानीपुर गाउँपालिका–५ बहुअरीबाट करिब २ सय १२ किलो ९ सय २८ ग्राम गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेकाहरूमा मकवानपुरको थाहा नगरपालिका–४ पालुङ बस्ने २८ वर्षीय रबि कार्की, सोही नगरपालिका–१२ टिसटुङ बस्ने ४६ वर्षीय बीरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका–१४ उतरपानी बस्ने २३ वर्षीय साजन मुक्तान र धादिङको थाक्रे गाउँपालिका–७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तमाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा धानको भुसको बोरामा लुकाई छिपाई ल्याएको गाँजा फेला पारेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया