डल्लुस्थित खाजा घरमा प्रहरी छापा, ५ जना पक्राउ
काठमाडौं । जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित खाजा घरमा छापामारेर ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले शुक्रबार छापा मारेर ५ जनालाई तास र नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूबाट ४४ हजार ८५ रुपियाँ नगद र ३ बुक तास बरामद भएको छ ।
प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक घर भएका सुनिल कुमार, धनुषा घर भएका जीवन मगर, धादिङ घर भएका सुमन मजकोटी, रुपन्देही घर भएका सुशील घर्ती मगर र कञ्चनपुर घर भएका मनोज बोहोरा छन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Published : Saturday, 2025 June 28, 11:27 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया