प्रधान सेनापतिद्वारा केसीलाई दर्ज्यानी चिन्ह प्रदान, पूर्वी पृतनाको पृतनापतिमा नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाली सेनाको हेडक्वाटर भद्रकालीमा शुक्रबार आयोजित कार्यक्रममा सिग्देलले केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हेड क्वाटरको पृतनापतिमा नियुक्त भएका छन् । असार ९ गतेको मन्त्रिपरिषद बैठकले केसीलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।

Published : Friday, 2025 June 27, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया