सभापति देउवाद्वारा चितवन कांग्रेसका नेता गुरुङसँग भेट, स्वास्थ्य लाभको कामना

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

शुक्रबार चितवनको दीव्यनगरस्थित निवासमा पुगेर सभापति देउवाले गुरुङसँग भेट गरेका हुन् । कांग्रेसका नेता समेत रहेका गुरुङ अस्वस्थ्य भएपछि घरमा उपचार गराउँदै आएका छन् ।
सभापति देउवाले नेता गुरुङको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

नेता गुरुङको स्वास्थ्य लाभको कामना गर्न सभापति देउवासँगै बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू पुगेका थिए ।

Published : Friday, 2025 June 27, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया