ककनीमा खोला घरभित्र प्रवेश, एकजना बेपत्ता
ककनी । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा बाढीमा बगेको मानिसको खोजी र उद्दार गरेकाे छ ।
शुक्रबार अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्वार गर्दै युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेको सुरक्षा फौजले परिचालन भएको हो । बाढीले घरमा पनि क्षति भएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छिन् ।
बाढीमा परेर उनको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
Published : Friday, 2025 June 27, 3:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया