ककनीमा खोला घरभित्र प्रवेश, एकजना बेपत्ता

ककनी । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा बाढीमा बगेको मानिसको खोजी र उद्दार गरेकाे छ ।

शुक्रबार अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्वार गर्दै युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेको सुरक्षा फौजले परिचालन भएको हो । बाढीले घरमा पनि क्षति भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छिन् ।

बाढीमा परेर उनको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।

Published : Friday, 2025 June 27, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया