कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउनु छ : उपसभापति खड्का

वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेको बताए ।
उनले भने, ‘हामी भन्छौँ कांग्रेसलाई हराउन कोही चाहिँदैन, कांग्रेस भए पुग्छ । हामीलाई हराउन कोही सक्दैन । हामीले आफैँलाई हराउँछौँ । त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनु छ ।’
उनले कांग्रेसमा देखिने गरेका आपसी मतभेदहरूलाई कोठामा बसेर संवादका माध्यमबाट मेटाउँदै जानुपर्ने बताए ।
मुलुकमा व्याप्त अन्योललाई चिरेर स्थायित्वतर्फ अगाडि बढ्नका लागि व्यक्तिगत स्वार्थ, लोभ र कुण्ठाबाट बाहिर निक्लेर बुझिने तरिकाको सन्देश दिनका लागि सबैले आफूलाई लायक बनाउन आवश्यक रहेको उपसभापति खड्काले बताएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया