कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउनु छ : उपसभापति खड्का
वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेको बताए ।
उनले भने, ‘हामी भन्छौँ कांग्रेसलाई हराउन कोही चाहिँदैन, कांग्रेस भए पुग्छ । हामीलाई हराउन कोही सक्दैन । हामीले आफैँलाई हराउँछौँ । त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनु छ ।’
उनले कांग्रेसमा देखिने गरेका आपसी मतभेदहरूलाई कोठामा बसेर संवादका माध्यमबाट मेटाउँदै जानुपर्ने बताए ।
मुलुकमा व्याप्त अन्योललाई चिरेर स्थायित्वतर्फ अगाडि बढ्नका लागि व्यक्तिगत स्वार्थ, लोभ र कुण्ठाबाट बाहिर निक्लेर बुझिने तरिकाको सन्देश दिनका लागि सबैले आफूलाई लायक बनाउन आवश्यक रहेको उपसभापति खड्काले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया