एफएओ सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा.राणा इटालीतर्फ प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा इटालीमा हुन लागेको ‘४४औँ एफएओ सम्मेलन’मा सहभागी त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
शक्रबार बिहान परराष्ट्रमन्त्री डा.राणा इटालीतर्फ प्रस्थान गरेकी हुन् । डा.राणाको इटाली र जर्मनीको भ्रमण मन्त्रिपरिषदले स्वीकृत गरेको थियो ।
२०८२ असार १३ गतेदेखि २९ गतेसम्म इटालीको रोममा आयोजना हुने ४४औँ एफएओ सम्मेलन तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्धनसम्बन्धी कार्यक्रमहरूमा परराष्ट्रमन्त्री डा.राणा सहभागी हुनेछिन् ।
डा.राणाद्वारा नेतृत्व गरिएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन् ।
सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा.राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ । डा.राणालाई शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाई गरेका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया