प्रदेशमा मुख्यमन्त्री र ४ मन्त्री भए पुग्छ, सल्लाहकारका नाममा ८० अर्ब, वितृष्ण बढ्यो : सभापति खतिवडा

ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रदेशहरूमा धेरै मन्त्री बनाउने पद्धतिले बोझ भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबार गृहजिल्ला ओखलढुङ्गा जिल्लामा वर्षतको समयमा विपदलाई मध्यनजर गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र विकासको योजनाहरू प्रगति विवरणबारे जिल्ला समन्वय, नगरपालिका, गाउँपालिका र जिल्ला प्रमुख लगायत सम्पूर्ण कार्यालयको प्रमुखहरूसँगको छलफलमा सम्बोधन गर्दै खतिवडाले प्रदेशमा १ मुख्यमन्त्री र ४ मन्त्री मात्रै बनाउनुपर्ने बताए । उनले प्रदेशहरूमा निकै विकृति बढेको बताए ।
सभापति खतिवडाले भने, ‘संघ र प्रदेशबीच केही कुराहरू बाझिएका छन् । संविधानमा मेरै हस्ताक्षर छ । तपाई÷हामीले बनाएको संविधान हो ।’
‘म संविधान विरोधी भएर कुरा गर्न चाहन्न । तर, अलिक बोझिलो भएको कुरा सबैलाई फिल भएको छ,’ खतिवडाले भने ।
‘प्रदेशमा एउटा मुख्यमन्त्री र ४ वटा मन्त्री मात्रै भए पनि अलिकता सहजता हुने थियो । यहाँ मान्छे हेरेर मन्त्रालय फुटाइदिने, दिने पद्धतिले राम्रो गरेको छैन । वितृष्णा पैदा भएको छ । एउटा प्रदेशमा २० जनासम्म मन्त्री राख्न थालेका छन्,’ सभापति खतिवडाले भने ।
‘धेरै मन्त्रीहरू बनाउँदा कहाँबाट मान्छेलाई चित्त बुझ्छ त ? कहाँबाट निराशा हुँदैन ? यसलाई कन्ट्रोल गर्दै जानुपर्छ । अहिले नै प्रदेश हटाउन सक्ने अवस्था छैन,’ उनले भने ।
सभापति खतिवडाले भने, ‘राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षले राखेका सल्लाहकारको हिसाब गर्दा ५ सय जना राखेका रहेछन् । सल्लाहकारका कारण ८० अर्बभन्दा धेरै सल्लाहकारका नाममा पैसा जाँदो रहेछ । सल्लाहकारको नाममा अर्बौंको रकम खर्च हुने पद्धतिलाई अन्त्य गर्नुपर्छ । यो विषयमा प्रधानमन्त्रीज्यूसँग पनि कुरा गरेको छु ।’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया